back

सुन्तला खेतीमा रमाउँदै गाउँपालिका उपाध्यक्ष, बार्षिक २० लाखको आम्दानी

तनहुँ । तनहुँको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन् ।

वि.सं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा ८ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गर्दै आएका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए ।

वि.सं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उनी आठ वर्षसम्म शिक्षक पेसामा लागेका थिए । नेपाली कांग्रेसका नेतासमेत रहेका घिमिरे वि.सं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बने । राजनीति र समाज सेवामा सक्रिय रहेका उनले विसं २०५३ देखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका हुन् ।

‘नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन’, उनले भने, ‘परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन । हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ ।’

सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उनले बताए ।

‘सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उनले भने, ’सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।’

सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उनले बताए । फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । ‘बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु’ उनले भने । राजनीति र समाजसेवालाई सँगसँगै हाँक्दै आएका उपाध्यक्ष घिमिरेले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिएका छन् । “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उनले भने । – रासस


रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

काठमाडौं । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा...

हुप्सेकोट गाउँपालिकाद्वारा दूध उत्पादक किसानलाई अनुदान

हुप्सेकोट गाउँपालिकाद्वारा दूध उत्पादक किसानलाई अनुदान

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई...

उचित मुल्य नपाएको भन्दै झापाका किसानले सडकमै फाले अण्डा र कुखुरा

उचित मुल्य नपाएको भन्दै झापाका किसानले सडकमै फाले अण्डा र कुखुरा

झापा । झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर...

बागमती सरकारले दुग्ध किसानलाई ३० करोड अनुदान दिने

बागमती सरकारले दुग्ध किसानलाई ३० करोड अनुदान दिने

काठमाडौं । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई...

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

काठमाडौं । अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न...

आलुखेती तालिमले रुकुमका किसान हर्षित

आलुखेती तालिमले रुकुमका किसान हर्षित

काठमाडौं । रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि...