back
स्वास्थ्य मन्त्रालय

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

1.8K 

shares

गलेश्वर । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।

चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए ।

उहाँका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो । स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँचवटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका उनले बताए ।

स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिए । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु¥याएको इतिहास छ । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रसिद्ध गाउँ हो ।

 


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...