back
global ime bank
chandagiri nagarpalika

माघेसङ्क्रान्ति नजिकिँद गर्दा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

570 

shares

त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताए । “अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयो”, उनले भने ।

आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले बताए ।

धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्याइसकेका छन् । माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्याउन आफूहरू लागेको उनले बताए । “आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ”, उनले भने । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उनले बताए ।

तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरको भनाइ छ ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे ९हात्तीपाइले० तरुल लगाउने गरेको उनको भनाइ छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ ।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । “तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ”, उनले बताए ।

केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले बताए । अदुवा खेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए । तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ । यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए ।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँमा पठाउने गरेको सारुले बताए ।

दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताए । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...