back
sanima relaince life

अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

1.6K 

shares
sanima relaince life

काठमाडौं । झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् ।

भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बता । आफूहरुले उठाएका व्यावसायिक मागका बारेमा प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।

उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हुँदैआएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको उनले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो सङ्ख्या चार हजारका हाराहारीमा भएको उनको भनाइ छ ।

यस व्यवसायमा दिनानुदिन किसान पलानयन हुने क्रममा रहेको अध्यक्ष निरौलाले बताए । झापामा कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि अवैध रुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डा लगायतका उपभोग्य बस्तुको प्रभावकारी नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए । जिल्लाको दमक, विर्तामोड, भद्रपुर, कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय हुँदैआएका छन् ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने हिसाबले कृषि प्राथमिकतामा...