अपमानको उपाधि
3.1K
shares
युगौं देखि अपमानको जातोमा जोतिएकी आमाको कबिता लेखे।
अघाएकाहरु भन्लान यसको रोटी माग्ने निहु हो।
मैले बिभेदको भुमरीमा जीवन जिएका हजारौं नारीको निधार देखे र पो कविता लेखे।
भन्लान अघाएकाहरुले यसको अघाउने बाहाना हो।
मैले लैंगिक हिंसाका कार्यक्रम
केबल नारामा मात्र सिमित रहेको देखे
लुछिएकी निरहि आमाका चुसीएका स्तनका मुन्टा साँक्षी छन।
मैले नारी जिबनको कविता लेखे।
मलाई के को डर?
मैले अन्यायमा परेकाहरूको-भोकाएका हरुको गित लेखे।
उता हजारौं निर्मला पन्तहरु न्याय नपाएर गुहार मागिरहेको बेला।
न्याय परिसर भित्रै न्याय नपाए विष सेवन गरिरहेका नारीको वेदना
चेलीहरूको चित्कारले दुखी पिडितको मझेरीमा जुठो परेको बेला।
म आँसुमा टेकेर कसरी सुखको गित गाउन सक्छु।
दरबारियाहरुले मादल बजाए भन्दैमा।
चाप बाधीएका नेल झै खुट्टाले उफ्रिएर,
म कसरी दरबार अगाडि नाच्न सक्छु।
त्यसैले मैले नौलो गित गाए।
मलाई के को डर?
मैले लैङ्िगक समानताको गित गाए।
द्रोपतिको दैलो अनि माता सिताको
आगनमा आँसु बगेको बेला
संबिधानको पानामा काला अक्षरले नारी समानता लेख्दैमा म कसरी खुसी हुनु।
ब्यबहारले अझै अपमानको उपाधी दिइरहेको बेला। लेखक (इन्दिरा निरौला)
वि.सं.२०८१ मंसिर ११ मंगलवार १४:५४