back
adikar sampana bagmati
fikal gaupalika

श्रीमती मृत फेला परेपछि श्रीमान विरुद्ध जाहेरी

132 

shares

चितवन । चितवनमा श्रीमतीलाइ्र्र मृत अवस्थामा भेटिएपछि श्रीमान विरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्लाको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा बस्ने ४२ वर्षीया लक्ष्मी मिजार आइतबार बिहान मृत फेला परेकोमा उनको हत्या आशंकामा उनका श्रीमान रमेश मिजार विरुद्ध जाहेरी परेको हो ।

राति छुट्टै कोठामा सुतेको भनिएकी लक्ष्मी बिहान दराजको ह्याण्डलमा पासो लागेको अवस्थामा मृत भेटिएकी थिइन् । बिहान अवेरसम्म नउठेपछि आइतबार बिहान साढे १० बजे ढोका फुटाउँदा उनी मृत अवस्थामा भेटिएको उनका पति रमेशले दाबी गरेका छन् ।

४२ वर्षीय रमेशका अनुसार उनी छुट्टै कोठामा सुतेकी थिइन् । तर, माइती पक्षले रमेशको कुरा अस्विकार गरेका छन् । भरतपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन् । रमेशलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...