back
RBB

अठार घण्टासम्म काममा लगाइ मानसिक र शारीरिक यातना

324 

shares
global ime bank

आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिए । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उनले बताए ।

ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।

उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ ।


हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा...

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

काठमाडौं । गैरआवासीय नेपाली नागरिक (एनआरएनए) ले नेपालमा भएको...

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव...

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात्...

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको...