लुम्बिनी विकास बैंकले १२ % लाभांश दिने, बोनस भन्दा नगद तेब्बर बढी
660
sharesकाठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरिसकेको लुम्बिनी विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले बोनस ३ प्रतिशत बोनस र कर प्रयोजनसहित ९ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले पुस २६ गते साधारणसभा बोलाएको छ । सभाका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
वि.सं.२०७९ पुस ५ मंगलवार १३:०४