back
RBB

विराटनगरमा सवा करोड रूपैयाँमा ओएसीसी लाउञ्ज एण्ड बार खुल्ने

180 

shares

विराटनगर । सवा करोड रूपैयाँको लागतमा विराटनगरमा ओएसीसी लाउञ्ज एण्ड बार बुधबारदेखि खुल्ने भएको छ ।

पर्यटन व्यवसायी जितेन्द्र श्रेष्ठले विराटनगर–५ स्थित भृकुटी चोकमा लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याउन लागेका हुन् । श्रेष्ठ तीन दशकदेखि पर्यटन व्यवसायीका रुपमा सक्रिय छन् ।

छुट्टै स्वाद र सन्तुष्टि पस्किने उद्देश्यका साथ लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक श्रेष्ठले बताए । उनले यसअघि चितवनमा पनि होटल व्यवसाय गरेको अनुभव संगालेका छन् । त्यस्तै सञ्चालक श्रेष्ठको लुम्बिनीमा पनि लुम्बिनी बुद्ध गार्डेन सञ्चालनमा छ ।

दुई कठ्ठा क्षेत्रफलमा फेलिएको लाउञ्ज एण्ड बार बारमा कन्ट्रीनेटल खाना, ग्रिल, चिकेनलगायत विशेष परिकारहरु उपलब्ध हुने छन् । ‘विराटनगरमा छुट्टै र स्तरीय परिकार खुवाउनु र हरेक ग्राहकहरूलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो, यसमा सफल पनि हुनेछौँ’, सञ्चालक श्रेष्ठले भने ।

उद्घाटनको दिन बिक्री भएको आम्दानी रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने सञ्चालक श्रेष्ठले बताए । सो रकम विराटनगर–१० स्थित विराटेश्वर वृद्धाश्रमलाई उपलब्ध गराउने उनको भनाइ छ । लाउञ्ज एण्ड बारमा सवा करोड खर्च गरिएको जनाइएको छ ।

विराटनगरमा एक सय बढी रेष्टुरेन्ट तथा बार सञ्चालनमा रहेको होटल व्यवसायी आशिष श्रेष्ठले जानकारी दिए । तर पनि रेष्टुरेण्ट तथा बार खुल्ने क्रम जारी नै छ ।

ग्राहको नयाँ नयाँ ठाउँको फरक फरक स्वाद लिने प्रवृत्तिका कारण जति नै रेष्टुरेण्ट तथा बार खुले पनि चल्ने स्थिति रहेको होटल एसोसिएसन प्रदेश १ का अध्यक्ष राज श्रेष्ठले बताए ।

उनका अनुसार कोरोना र लकडाउनले थलिएको पर्यटन व्यवसाय अलिअलि माथि उठ्न लागेको अवस्थामा बैंक व्याजदर र लागत अनुपातमा आम्दानी हुन सकेको छैन । होटल व्यवसाय फस्टाउन अझै २ वर्ष कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...