back
स्वास्थ्य मन्त्रालय

सोनापुर मिनरल्स एन्ड आयलले आईपीओ निष्कासन गर्ने

612 

shares

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले साउन २९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहलो चरणमा प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले अंकित मूल्यमा १२५ रुपैयाँ थपेर आयोजना प्रभावितलाई प्रतिकित्ता २२५ रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १३७ रुपैयाँ ५८ पैसा प्रिमिमय थपेर २३७ रुपैयाँ ५८ पैसामा सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गर्ने भएको छ । उद्योग प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावितले भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख ७६ हजार २६८ कित्ता सेयर रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ ११ गतेसम्म न्यूनतम १० कित्ता अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, कुमारी, शाइन रेसुङ्गा डेभलपमेन्ट, ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकका स्थानीय शाखाबाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...