एभरेष्ट बैंकले ल्यायो नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा
462
shares
काठमाडौं। एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।
यो सेवाको शुभारम्भ बैंकका नायब महाप्रवन्धक आशुतोष शर्मा र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले संयुक्त रुपमा गरे। कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेलको पनि उपस्थिति थियो।
वि.सं.२०८० साउन ३० मंगलवार १५:०५