back
nepal rastra bank aniversary

भिजन लुम्बिनी ऊर्जा कम्पनीको १९ भदौबाट आईपीओ बिक्री खुला हुने

1.9K 

shares
nicasia bank

काठमाडौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसआधारमा १ सयअंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर स्थानीयलाई जारी हुनेछ ।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको आइपीओमा असोज गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ । स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

 


सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुली...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर...

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका...