back
himalayan bank

तिप्ल्याङ–कालीगण्डकीको पिपिए, कालीगण्डकीमा चार सय मेगावाटका पाँच आयोजना

1.9K 

shares
nicasia bank

म्याग्दी। आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवर्धक कम्पनी तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच सो सम्झौता भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार काठमाडौँमा सो सम्झौतामा हस्ताक्षर गरेका थिए । आयोजनाबाट उत्पादन भएको विद्युत् सुख्खायाममा प्रतियुनिट आठ दशमलव ४० र बर्खा याममा प्रतियुनिट चार दशमलव ८० का दरले खरिद गर्ने सम्झौता भएको छ । व्यापारिक उत्पादन सुरु भएको मितिदेखि वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि गरी खरिद गर्ने सम्झौतामा उल्लेख छ ।

कालीगण्डकी र मिस्त्रीखोला–२ जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा यो आयोजना बनाउन लागिएको हो । अण्ठाउन्न मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । आइएमई समूहले प्रबद्र्धन गरेको हाइड्रो सपोर्ट प्रालिको ६६ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो कालीगण्डकी जलविद्युत् आयोजनाको यसअघिनै पिपिए भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा बाँध र वडा नम्बर–२ को ठूलो बगर क्षेत्रमा विद्युत्गृह बनाउने प्रस्ताव भएको छ । माथिल्लो कालीगण्डकीको र मिस्त्री–२ को विद्युत् गृहबाट निस्कने पानीलाई तिप्ल्याङ कालीगण्डकीको बाँधमा मिसाउने योजना रहेको छ । यी दुई वटा आयोजनाबाट सुख्खा याममा २९५दशमलव ४६८ र वर्षायाममा ६३० दशमलव ८९५ गरी कूल वार्षिक ९२६ दशमलव ३६५ गिगावाट आवर ऊर्जा उत्पादन हुने जनाइएको छ । विसं २०८६ असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कूल लागत ३३ अर्ब १४ करोड रहेको कम्पनीले जनाएको छ ।

नविल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरिसकेको आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको हाइड्रोपावरका अध्यक्ष ढकालले बताए । दुईवटै आयोजना निर्माणस्थल बेनी–जोमसोम–कोरला सडक नजिकै छ । अन्नपूर्ण गाउँपालिका–३स्थित दानामा रहेको प्राधिकरणको २२० केभी क्षमताको सव स्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आवद्ध गराइने भएको छ ।

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीमा करिब चार सय मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । चिनियाँ लगानीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो ।

कालीगण्डकी गर्जको विद्युत् गृहबाट निस्किएको पानी करिब पाँच सय मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर र ६को पोखरे बगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत् गृह रहने गरी सो आयोजना निर्माण गर्न लागेको हो ।

ट्रेडलिङ्क ग्लोबल प्रालिले रघुगङ्गा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका– ७ को सिमाना बेगखोलामा बाँध र रघुगङ्गा गाउँपालिका–३ स्थित घुमाउने तालमा विद्युत् गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजना चिनियाँ कम्पनी सिने हाइड्रोले निर्माण गर्न लागेको हो ।

बाइस अर्ब लगानी हुने अनुमान गरिएको ‘रन अफ दि रिभर’ प्रकृतिको यो आयोजनामा छ किलोमिटर सुरुङ रहने प्रवद्र्धक कम्पनीले जनाएको छ । घुमाउने तालभन्दा केही तल रघुगङ्गा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाटभन्दा बढी क्षमताको अर्को आयोजनाको सर्वेक्षण भइरहेको छ ।

कालीगण्डकी नदीको सहायक खोलामा पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । अन्नपूर्ण गाउँपालिका–४ पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...