back
स्वास्थ्य मन्त्रालय

साल्ट ट्रेडिङ कर्पोरेशले मनायो, ६१ औँ वार्षिकोत्सव

2.3K 

shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थापनाकालको ६१औँ वार्षिकोत्सव मनाएको छ । जनतालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको कम्पनीले सुपथ मूल्य र सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध आएको कम्पनीले आफ्नो ६१औं वार्षिकोत्सव एक कार्यक्रमका साथ मनाएको हो ।

कार्यक्रममा सुपथ मूल्य र सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको कम्पनीले आगामी दिनमा सेवा विस्तारलाई अझ चुस्तदुरुस्त अगाडि बढाउँदै जाने योजना रहेको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउइन् ।

कम्पनीले कृषि क्षेत्रको विकासमा समेत योगदान पु¥याउने उद्देश्यले अनुदानित मलको कारोबारमा मात्रै सीमित नभई गैरअनुदानित मल पनि आयात गरी विक्रीवितरण गर्दै आएको उनको भनाइ थियो । उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन कम्पनीले हेटौंडाको नेपाल वनस्पति घ्यू उद्योगबाट सुद्ध तोरीको तेल उत्पादन सुरु गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोग्य वस्तुमात्रै नभएर कृषि क्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता औंल्याए । कम्पनीले नुनलगायत दैनिक अत्यावश्यक उपभोग्य वस्तु सुपथ मूल्यमा सर्वसाधारणमा सहज रूपमा उपलब्ध गराउँदै कृत्रिम मूल्यवृद्धि नियन्त्रणमा सकारात्मक भूमिका खेल्दै आएको उनले बताए ।

सो अवसरमा कम्पनीले कर्मचारीलाई पुरस्कार र कर्मचारीका पढाइमा उत्कृष्ट नतिजा ल्याउने छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको थियो । नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य भूमिका खेल्दै आएको कम्पनीले नाकाबन्दी र कोरोना महामारीमा समेत आपूर्ति प्रभावित हुन दिएन ।

निजी क्षेत्रका कतिपय व्यापारीले संकटमा ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरिरहँदा साल्ट ट्रेडिङ कर्पोरेशनले सहज रूपमा ग्याँसलगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । त्यतिबेला साल्ट ट्रेडिङ उक्त कार्यले मौकाको फाइदा उठाएर कालोबजारी र सिण्डिकेट गर्नेहरुविरुद्ध झनै सशक्त रूपमा प्रस्तुत भयो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा कम्पनीले काठमाडौं उपत्यकामा बिक्री कक्ष र मोबाइल भ्यानमार्फत् खाद्य तथा उपभोग्य वस्तुको बिक्री गरेको थियो भने उपत्यकाबाहिरका शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गरेको थियो । कार्यक्रममा पछिल्ला वर्ष नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कर्पोरेसनले आपूर्ति व्यवस्था चुस्तदुरुस्त राख्दै सहज रूपमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको विभागीय प्रबन्धक व्रजेशकुमार झाले बताए ।

साल्ट ट्रेडिङले हाल नुन, चिनी, आँटा, मैदा, गेडागुडी, चामल, तेल, ग्याँसका साथै कागज, मल, गहुँको बिउलगायतको पनि कारोबार गर्दै आएको छ भने औद्योगिकीकरण, वित्तीय क्षेत्रमा लगानी विस्तार गरेको छ । पछिल्लो समय कम्पनीले कृषकलाई बिउ पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिस गरेको गहुँको बिउ उपलब्ध गराउँदै आएको छ । झाका अनुसार कम्पनीले किसानले उत्पादन गरेको गहुँ खरिदको ग्यारेन्टी गर्दै बजार मूल्यभन्दा एक रुपैयाँ बढी दिएर किसानको खेतमै गएर खरिद गर्ने गरेको छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...