back
स्वास्थ्य मन्त्रालय

राष्ट्रिय वाणिज्य बैंक बन्यो, नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको मुख्य प्रायोजक

1.1K 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा मुख्य प्रायोजकको साझेदारी गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि मुख्य प्रायोजकका रुपमा साझेदारीको भूमिका निर्वाह गरेको थियो । तेस्रो शिखर सम्मेलन भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग व्यवसायीहरु डा. उपेन्द्र महतो, चन्द्रप्रसाद ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताको रुपमा रहेको बैंकले जनाएको छ ।

सम्मेलनमा सहकार्यबारे मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाउद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमूलक हुने परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

समझदारी कार्यक्रममा बोल्दै वाणिज्य बैंकका सीईओ श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए। उनले वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ ऋण प्रवाह गरेको जानकारी दिए ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...