एक लाख १३ हजार पुग्यो सुनको मूल्य
2.4K
shares
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार बढेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भइ १ लाख १३ हजार रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० असोज २ मंगलवार १३:५९