प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता
432
shares
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच सेवासम्बन्धी सम्झौता भएको छ । बिहिबा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज एक कार्यक्रमकाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धी विषयमा लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी गरिएको छ ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका सञ्चालक अभिषेक के. कार्कीले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा, एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कायक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थी र कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत दिने उद्देश्य रहेको बताइएको छ । साथै विद्यार्थीहरुको आवश्यकता अनुसार पूँजी बजार सम्बन्धी सामान्य, आधारभूतसँगै प्राविधिक विश्लेषण सम्बन्धी सीप तालिमहरु उपलब्ध गराउने पनि जनाइएको छ । त्यसैगरी क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नसिपको पनि अवसर दिने कम्पनीको उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १४:५२