रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्पपीडितलाई न्यानो कमल सहयोग गर्ने
1.1K
sharesकाठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नलगाँड नगरपालिका, जाजरकोटलाई रु पाँच लाख बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ ।
इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम, सल्यान लगायतका क्षेत्रहरुमा पु¥याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
साथै घाइते भएकाहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । इन्स्योरेन्सले भनेको छ, ‘प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखत घडिमा हामी सम्पूर्ण पीडित र शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’
जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा रहेका सम्पूर्ण नागरिकहरु, अभिकर्ता र आफ्ना कर्मचारीलाई सकेको सहयोग गर्न कम्पनीका सुचना अधिकारी दीपेशबाबु तिवारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १४:२६