back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

1.2K 

shares
sanima relaiance life insurance

काठमाडौं। कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिक महिनामा व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.(७६१९ प्रतिशत ब्याज दिएको थियो । कात्तिकको तुलनामा मंसिरमा बैंकले मुद्दति निक्षेप ब्याज घटाएको हो ।

मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । बैंकले संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजददर पनि घटाएर ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो। साथै, बैंकले निक्षेपको ब्याजदर घटाएर २.५ प्रतिशतमा सिमित गरेको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैंकले कल निक्षेपमा २.६२५ प्रतिशत र बचतमा अधिकतम ८.२५ प्रतिशत ब्याजदर दिएको थियो ।


लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

काठमाडौं । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौं । विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५००...

केन्याको नैरोबीमा आठ महिलाका शव फेला

केन्याको नैरोबीमा आठ महिलाका शव फेला

नैरोबी (केन्या) । नैरोबीको सुकुम्वासी बस्तीको फोहोर फाल्ने स्थानमा...

कांग्रेस संस्थापनइतरले चार मन्त्रीको नाम टुगो लगायो

कांग्रेस संस्थापनइतरले चार मन्त्रीको नाम टुगो लगायो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा चार...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा...