back
sanima relaiance life insurance

skip this prime bank

‘ढुक्क हुनुस्, पाँच वर्षमा तपाइहरूले अपेक्षा गरेभन्दा बढी काम गर्छु’

840 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक पुगेर पाँच वर्षको कार्यकालमा जनाताले अपेक्षा गरेको भन्दा बढी काम गर्ने कार्ययोजना अघि बढेको बताएका छन् ।

‘ढुक्क हुनुस्, पाँच वर्षमा तपाइहरूले अपेक्षा गरेभन्दा बढी काम गर्छु’ उनले भने, ‘ढुक्क हुनुस् सबै क्षेत्रमा राम्रो गर्छौ, मेरो काम गर्नै शैली तौरतरिका देखेरै तपाईहरूले मलाई जिताउनु भएको हो, म तपाइहरुको मत खेर जान दिन्न ।’

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका( २, महेन्द्र मा। विमा आज आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा मन्त्री बस्नेतले आफू निवार्चित क्षेत्र सिन्धुपाल्चोकमा मात्र नभइ देशभर स्वास्थ्य, सडक, शिक्षा, सिँचाइलगायतका क्षेत्रमा समस्या रहेको बताउँदै समस्या समधानमा आफू लागि परेको बताए ।

उनले गरिबीका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने बताए । पैसा अभावले उपचार नपाएको भए वडाको सिफारिस लिएर आउन आग्रह गर्दै निस्शुल्क स्वास्थ्य उपचार गरिदिने बताए ।

मन्त्री बस्नेतले ठुला ठुला भाषणा गरेर हैन सल्लाह सुझाव दिएर काम गरेमात्र विकास सम्भव हुने धारणा समेत राखे । आफ्नो गाउँ ठाउँको विकास सबै मिलेर गर्न आग्रह गर्दै मन्त्री बस्नेतले भने, ‘खानेपानिको काम एउटा पार्टीले गरे सडक कालोपत्रे अर्कोले गरौँ, गुणस्तरिय शिक्षामा जोड दिउ, अर्काको काममा बाधक नबनि काम गरेर देखाउ र सबै मिलेर आफ्नो ठाउँलाई सुगम बनाउ ।

उनले इन्द्रावती २ का जनातालाई त्यहाँ भएको स्वास्थ्य चौकी सुधार र भवन निर्माणका लागि तत्काल आवश्यक समाग्री र बजेट उपलब्ध गराउने बाचा समेत गरे ।

उनले फरक प्रसँगमा आफ्ना भनाई राख्दै पैसा अभावले शिक्षाबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भनेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले १२ कक्षा सम्मको शिक्षा निस्शुल्क गरिसकेको अवस्थामा अन्य गाउँपालिका र नगरपालिकाले पनि निस्शुल्क शिक्षा लागु गर्नु पर्नेमा जोड दिए । उनले १२ कक्षासम्मको शिक्षा निस्शुल्क हुनुपर्छ भनेर क्याविनेटमा कुरा राखेको समेत जानकारी गराए ।

कार्यक्रममा पूर्व गृह राज्यमन्त्री नेपाली कांग्रेसका नेता विष्णु विक्रम थापा पूर्व गाउँपालिका महासंघ महासचिव वंशलाल तामाङ इन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो भने लायन्स क्लब अफ काठमाडौँ बासुकिले चार सय सेट न्यानो कपडा विद्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रम साम्रगीहरू समाजसेवी मोहन बहादुर गिरी सहयोग सङ्‌कलन भएको थियो ।


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान

महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा...

एनआईसी एशिया बैंकको सहयोगमा पुस्तकालय समुद्घाटन

एनआईसी एशिया बैंकको सहयोगमा पुस्तकालय समुद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंक र हाम्रो पात्रोबीच सम्झौता

नबिल बैंक र हाम्रो पात्रोबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि...