चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार
630
sharesकाठमाडौं । चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बीवाइडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ ।
कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको हो । पछिल्लो बिक्री तथ्यांक अनुसार, बीवाइडीले २०२३ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्व बजारमा पाँच लाख २६ हजार ४ सय ९ विद्युतीय कार बेचेको छ ।
यस अवधिमा टेस्लाको लाख ८४ लाख ५ सय ७ इभी विक्री भएका छन् । यस अवधिमा, टेस्ला बिक्रीको हिसाबले मात्र नभई इभी (इलेक्ट्रिक भेइकल) उत्पादनको हिसाबले पनि बीवाइडी भन्दा पछाडि परेको छ ।
बीवाइडीले प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरूमा पनि सफलता हासिल गरेको छ ।
शेन्जेन, चीनमा आधारित कम्पनी बीवाइडीले चीन र युरोपमा खण्डमा टेस्लासँग कडा प्रतिस्पर्धा गरे पनि अमेरिकी बजारमा भने प्रवेश गरेको छैन ।
नेपालमा भने पछिल्लो समय इभी गाडीको संख्या बढ्दै गएको छ । सन् २०२२ को अक्टोबरमा बीवाइडी नेपालमा लन्च भएको थियो ।
वि.सं.२०८० पुस २२ आइतवार १३:४९