back
rubela khop

आजबाट कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु हुँदै

402 

shares
rubela khop

काठमाडौं । कोलगेट ‘नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजनबाट बुधबार सुरु हुँदैछ । अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गर्न लागिएको हो। कार्यक्रम हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारणसम्बन्धी यो कार्यक्रमा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुनेछन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ सहरबाट अडिशनमार्फत छनौट गरिएको छ। पूर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख विद्यार्थीहरु पहिलो अडिसनमा सहभागी भएका आयोजक महेश पोखरेलले बताएका छन्।

प्रत्येक सहरबाट पहिलो,दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेलिभिजनबाट प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ। ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिस्पर्धा गराइने छ।

प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । विजेताहरुमध्ये प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्रदान गरिनेछ ।

सरकारी र निजी बिद्यालय दुवैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजारभन्दा बढीलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन्।

अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...