शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न
1.1K
sharesकाठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सभा सम्पन्न गरेको थियो ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९-०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश सहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०८० पुस २९ आइतवार १९:४३