back
chandagiri nagarpalika

बीवाइडीको नयाँ शोरुम सञ्चालनमा

954 

shares

काठमाडौं । नेपालमा आफ्ना गाडीको बिक्री बढेसँगै पूर्वाधार थप्दै आएको चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बीवाइडीले ललितपुरको पुल्चोकमा शोरुम खोलेको छ । बुधबारबाट सञ्चालनमा आएको शोरुमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् ।

विद्युतीय सवारी उत्पादनमा अग्रणी उक्त कम्पनीको भर्खरै नेपाली बजारमा आएको नयाँ कार डल्फिन कारसमेत शोरुममा सार्वजनिक गरिएको छ । महानगर प्रमुख महर्जनले विद्युतीय गाडी प्रवर्धनका लागि ललितपुर महानगर सधंै लागेको बताउँदै विकास निर्माणका लागि प्रयोग हुने ठूला सवारीसाधन बाहेक अन्य गाडीहरु विद्युतीय मात्र प्रयोग गर्ने गरेको बताए ।

उनले भने, ‘विकास निर्माणका लागि प्रयोग हुने टिप्पर, ट्रकहरुमा डिजल–पेट्रोल चाहिन्छ नै । यसको विकल्प पनि छैन । तर, अन्य प्रायोजनका लागि विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेका छौं । ’बीवाइडीका विद्युतीय गाडीहरुले वायु प्रदूषणमा कमी ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै निजी कम्पनीसँग सहकार्यका लागि महानगर तयार रहेको उनको भनाइ थियो ।

बीवाइडीको ४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ । यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरिएको छ ।


काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

गणेश शर्मा काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको...