back
rubela khop

हिमालयन लाइफद्वारा एमडीआरटी अभिकर्तालाई सम्मान

354 

shares
rubela khop

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । हिमालयन लाइफले पोखरामा आयोजित समारोहका बीच उक्त सम्मान प्रदान गरेको हो ।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल–२०२३ मा सहभागी हुन योग्य भएक आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले मिलियन डलर राउन्ड टेबल–२०२३ मा सहभागी हुन योग्य भएका हिमालयन लाइफको एमडीआरटी अभिकर्ताहरुहरुलाई खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहालले स्वागत मन्तब्य व्यक्त गरे । उपप्रमुख कार्यकारी अधिकृत दहालले मिलियन डलर राउन्ड टेबल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मिलियन डलर राउन्ड टेबल–२०२३ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जान शुभकामना व्यक्त गरे । कम्पनीलाई उच्च स्थानमा पुर्याउन अहोरात्र खटिने अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...