एनआईबिएल स्टेबल फन्डको इकाई खरिदका लागि आवेदन दिन अब १ दिन मात्र बाँकी
714
sharesकाठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिने सोमबार अर्थात माघ १६ गतेसम्म अर्थात अब १ दिन मात्र बाँकी रहेको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना)को रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु.१० दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा हालसम्म प्राप्त भएको विवरण अनुसार ४१ हजार ४६५ जना आवेदकहरुद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको र उक्त आवेदन मध्ये ४हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८०० इकाईको आवेदन रद्द भएको छ ।
यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।
वि.सं.२०८० माघ १५ सोमवार १७:१९