back

आर्थिक मन्दीबाट आत्तिने भन्दा मिलेरै समाधानको उपाय खोज्न उपाध्यक्ष संघईको सुझाव

सिमरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघर्ईले अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने बताएका छन् । सिमरामा मंगलबार भएको मधेस प्रदेश उद्योग वाणिज्य महासंघको विशेष साधारण सभामा बोल्दै संघर्ईले अर्थतन्त्रको गति ठीक दिशातर्फ नरहेको विषयमा सबैले हेक्का राख्न जरुरी भएको बताए ।

विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै संघर्ईले अर्थतन्त्रका प्रमुख सूचकहरू ः आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे । अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहो¥याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने संघर्ईको सुझाव छ ।

व्यवसायीहरूले सरकारबाट उपयुक्त नीतिको अपेक्षा राखेको बताउँदै संघर्ईले इमान्दारिपूर्वक काम गर्न उद्योगी–व्यवसायिहरू प्रतिवद्ध रहेको बताए । उद्योगी व्यवसायिहरूले भोगिरहेको समस्याहरूको फेहरिस्त प्रस्तुत गर्दै संघर्ईले जता हे¥यो त्यतै समस्या देखिँदा उद्योगी व्यवसायि आजित भएको उल्लेख गरे ।

पूँजीको समस्या, चर्को व्याजको समस्या, नियमित विद्युत आपूर्तिको समस्या, करको समस्या, भन्सारको समस्या, भ्याटको समस्या, कच्चा पदार्थको समस्या, श्रमिकको समस्या लगायत समस्यै समस्याका बीच व्यवसाय गर्न उद्योगीहरू वाध्य भएको संघर्र्ईले बताए ।
‘समस्याबाट आत्तिएर भाग्ने भन्ने प्रश्नै उठ्दैन । कठिन समयमा पनि देशभित्र उत्पादन बढाउन हामी तयार छौं तर व्यवसायमैत्री नीति, लगानीमैत्री वातावरण चाहियो ।

हामीलाई राज्यले सहयोग गर्नुप¥यो । राजश्व र रोजगारी बढाउन हामी तयार छौं’, संघर्र्ईले भने ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा मधेस प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ लगायतले समग्र आर्थिक मन्दी र व्यावसायीका समस्याका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

उद्योग वाणिज्य संघको महाधिवेशन चैत्रको अन्तिम साता हुने तय छ । त्यसका लागि उद्योगी, व्यवसायिहरूको चुनावी रौनक समेत शुरु भइसकेको छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...