back
sanima relaiance life insurance

टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड आकर्षक डिजाइनमा

822 

shares

काठमाडौं । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटाको पछिल्लो हाइब्रिड मोडल यारिस क्रस टोयोटाको आधिकारीक बिक्रेता काठमाडौंमा ल्याएको छ । कम्पनीको नयाँ क्रसओभर मोडल निकै आकर्षक डिजाइनमा देखिएको छ ।

यसको आधिकारीक बिक्री भने आगामी साताबाट गर्ने कम्पनीले जनाएको छ । अहिले बजारमा रहेका चल्तीका मोडलहरु बीवाइडी एटो थ्री, हुन्डाई क्रेटा र एमजी जेडएस बराबरकै साइजमा उपलब्ध यारिस क्रस निकै मोर्डन डिजाइनमा देखिएको हो । केहि दिनअघि मात्रै थाइल्याण्डको बजारमा बिक्री सुरु भएको यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले क्रसओभर मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।

यारिस क्रसओभरमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । नयाँ मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनीक कर्टेन, किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यसले प्रतिलिटर २६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।


देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा...

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक...

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको गठबन्धनमा...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई...

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले घरजग्गा लिलाम गर्न १५ दिने...

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई...