सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा वितरण
846
sharesकाठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेको छ ।
बैंकले आमा घरमा एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरेको हो । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
वि.सं.२०८० माघ २६ शुक्रवार १६:२०