सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शीर मेमोरियल एड्भेन्टिस्टबीच सम्झौता
990
shares
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल बनेपाबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा बनेपा, काभ्रे स्थित सुविधा सम्पन्न शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालसंग आपसि सहकार्य गर्ने सम्झौता गरेको हो ।
सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक एवम बजार विभाग प्रमुख रामजी ढकाल र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टोर जी. गायेरसले हस्ताक्षर गरे ।
उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला, बनेपा शाखा प्रमुख राधाकृष्ण श्रेष्ठ तथा कम्पनीका अन्य पदाधिकारीका साथै अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।
यो सँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिनसक्नेछन । साथै बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा अस्पतालले ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने छ ।
वि.सं.२०८० माघ २६ शुक्रवार १६:३७