back
chandagiri nagarpalika

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माघ २९ गते साधारण सभा मनाउँदै

1.1K 

shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिक साधारण माघ २९ गते, सोमबार मनाउने भएको छ । सो सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको थियो ।

सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि व्यापक छलफल गरी पारित गर्ने बताइएको छ ।

सभाले यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९÷०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री केएएस एशोसिएट्स पुनः नियुक्तिको लागि योग्य नहुने प्रस्ताव पारित गर्ने भएको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९-८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम कर प्रयोजनका लागि नगद लाभांश र ४ अर्बको १६ प्रतिशतले हुने बोनश शेयर जारी गर्ने प्रस्ताव पारीत गर्नेछ ।

सभाले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको भत्ता अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिन बुकक्लोज गरिसकेको छ ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...