हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशतले वृद्धि
696
sharesकाठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
२ अर्ब ३० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १८ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६३ दशमलव ७२ प्रतिशतले बढेको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७९ ÷८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०२ पैसा रहेको छ ।
वि.सं.२०८० माघ २८ आइतवार १६:०४