back
chandagiri nagarpalika

कुमारी बैंकको वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना निर्वाचित

888 

shares

काठमाडौं । कुमारी बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभा काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न भएको हो ।

सो साधारण सभाबाट ६ जना सञ्चालक चयन भएका छन्। सञ्चालकमा संस्थापक शेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ र पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिलातर्फ सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

सभाबाट सामान्य प्रस्तावका रुपमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आ.व.को २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित भएका छन् ।

साथै आ.व.को २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएका छन् ।


काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

गणेश शर्मा काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको...