back
rubela khop

रिलायबल लाइफद्वारा शेयरधनीलाई १६ प्रतिशत बोनस पारित

744 

shares
rubela khop

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९-०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०-८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री केएएस एशोसिएट्स पुनः नियुक्तिको लागि योग्य नहुने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९-८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम कर प्रयोजनका लागि नगद लाभांश र ४ अर्बको १६ प्रतिशतले हुने बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु डा. भिष्म कार्की र दिवेश लोहनीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) मा भएको तत्कालिन चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...