हाइड्रोको बीमा राष्ट्रियताको विषय हो, नाफाको लागि होइन : उपाध्यक्ष वैदवार
1.3K
sharesकाठमडौं । नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रोको बीमा नाफा मुलक नभई राष्ट्रियताको विषय भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी एवान इन्स्योरेन्स ब्रोकर्सको आयोजनामा आयोजित ‘जलविद्युत बीमा नीति र दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ’नेपालका हाइड्रोको बीमा गरेर नाफा कमाउने पक्षमा नेपालका निर्जीवन बीमा कम्पनी छैनन्, राज्यले नै हाइड्रो प्रबर्दन गरेकोले हामीहरुको लागि हाइड्रोको बीमा राष्ट्रियताको विषय हो, नाफा मुलक होइन ।
पुनर्बीमाको कानुनी कारणले नेपालका हाइड्रो व्यवसायीले मागेको नन् ट्यारिफ लागु गर्न अहिलेलाई सहज नभएको समेत उनले स्पष्ट पारे ।
नेपालका कम्पनीले ट्यारिफको नाममा सस्तोमा बीमा गर्दा पुनर्बीमा नहुने अवस्था आउँदा परियोजनाकै बीमा नहुने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
वि.सं.२०८० फागुन ४ शुक्रवार १८:४२