back
global ime bank
chandagiri nagarpalika

एउटा आयोजनामा समस्या आउँदैमा सबै समस्याग्रस्त हुन्छन् भन्ने छैन : अर्थमन्त्री डा. महत

906 

shares

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र पुनर्बीमा ब्रोकर कम्पनी एवान इन्स्योरेन्स ब्रोकर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. महतले भने, ‘‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण समेत बढिरहेको छ । विभिन्न आयोजना अघि बढिरहेका छन्’, ‘उर्जा क्षेत्रअघि बढाउनको लागि सरकार निकै सक्रिय छ । उर्जा आर्थिक वृद्धिको मेरुदण्ड हो ।’

त्यस्तै, अर्थमन्त्री डा. महतले एक आयोजनामा समस्या आउँदैमा सबै क्षेत्रमा आउछ भन्ने नहुने बताए । उनले भने, ‘नेपाली समाज सकेसम्म दिन नपरोस् । तर, लिन पाइयोस भन्ने भावना बोकेर हिड्ने गर्छ । बीमा कम्पनीहरुलाई दिन नपरोस भन्ने भ्रम छ । लिनेसँगै दिने कुरा समेत सम्झिनु पर्दछ । बीमा दाबी नदिएको कुरालाई मैले कम्पनीलाई नै बोलाएर काम गर्न भनेको छुँ । अझै समस्या छ । राम्रो पोलिसी समेत चयन गर्नुपर्छ । कम्पनीहरुले समय मै दाबी भुक्तानी गर्नुपर्छ ।’

क्षति भएको आयोजनामा कर छुट दिन नसकेको अर्थमन्त्री महतले बताए । डा.महतले भने, ‘क्षति भएका आयोजनामा कर छुट दिनका लागि सरकार लागि परेको छ । आगामी बजेट मार्फत के कति गर्न सकिन्छ त्यसको सीमा तय हुनेछ । उर्जाका समस्या समाधानका लागि म सबैसँग सहकार्य र छलफल गर्छु ।’

 


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...