back
ntc
global ime bank

अम्बे स्टिल्सद्वारा वार्षिक साधारणसभा आह्वान

1K 

shares

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रस्तावसहित वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिले यही फागुन २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टेकुस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारणमा आइपीओ बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक र अन्डरराइटर नियुक्त गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ। आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। सभाले लिने र लिएको बैंक ऋण सम्बन्धमा सभाले छलफल तथा पारित गर्नेछ।

आर्थिक वर्ष २०७९÷८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ। सभाले सञ्चालक समितिको गठन पनि गर्नेछ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...