back
RBB

सुनसरीमा माछा उत्पादनबाट मनग्य आम्दानी

228 

shares

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाएका छन् । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उनको भनाइ छ ।

उनले गएको वर्ष रु ४० लाखको माछा बिक्री गरेका थिए । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गरेका छन् ।

दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी ५६ सम्म बिक्री भइरहेको बताइएको छ ।

पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गरेका छन् ।

किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले रु ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिए । प्राप्त अनुदानबाट रु ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ । रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ ।

माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसीन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गरे । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनुपर्ने बताए ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७र७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा नौ हजार एक सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिए ।

ट्राउट माछातर्फ आव २०७७र७८ मा सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको छ । जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भने, “अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।”


विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल आक्रमणका...

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको...

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री...

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास...

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल...