सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्छ : कानुनमन्त्री
840
sharesकाठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीमा समस्या आए पनि समाधानका निम्ति राज्यले लिएको कार्यशैली गलत भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु प्रथम सहकारी डिजिटल कन्क्लेभमा उनले यस्तो बताएका हुन् ।
सहकारीबाट ऋण लिएर ठूूला हाउजिङ र गाडीमा लगानी गर्दा समेत राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उनले उल्लेख गरे ।
उनले आमजनताको बचतबाट ऋण लिएकाले समयमै साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेकामा जोड दिए । उनले ऋण नतिर्ने छुट कसैलाई नभएको बताए । कतिपय ऋणीका कारण सहकारी समस्यामा परेको पनि उनले बताए । जुनसुकै हिसाबमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा उनले जोड दिए ।
वि.सं.२०८० चैत १ बिहीवार १६:२८