एनआइसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
630
sharesकाठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विकको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
वि.सं.२०८० चैत १० शनिवार १८:३५