प्रभु क्यापिटलद्वारा वित्तीय सचेतना कार्यक्रम सम्पन्न
894
sharesकाठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुरस्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमाभिजिट मर्चेन्ट अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा जानकारि दिएको थियो । त्यस्तै, चैत ०९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई शेयरमा कसरि लगानि गर्ने, वित्तिय बजार, र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो ।
ग्लोबल मनी वीक – २०२४ अन्तर्गत कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
वि.सं.२०८० चैत १२ सोमवार १६:३२