नेपाल उद्योग वाणिज्य महासंघद्वारा मनकामना दर्शन प्रा.लि सम्मानित
504
sharesकाठमाडौं । केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा दहरिएको छ । सो कम्पनीलाई नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५८औँ वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवसको अवसरमा सम्मान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।
वि.सं.२०८० चैत २९ बिहीवार १७:२१