back
chandagiri nagarpalika

सुर्यकुण्ड हाइड्रोले आइपीओ निष्कासन गर्ने

486 

shares

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरले १३ लाख ७९ हजार ३५० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के।भि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ ।

 


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...