सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट
1.1K
sharesप्राकृतिक रुपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा.अवस्थित मूलकोट । काठमाडौंबाट ९५ किलोमीटरको यात्रा गरेपछि मूलकोट पुग्न सकिन्छ । शहरको कोलाहल र व्यस्तता छलेर केही घण्टामा नै पुग्न सकिने मनोरम गन्तव्य हो मूलकोट । पछिल्लो पटक होटल तथा रिसोर्टको हबको रुपमा विकास हुँदै गएको छ काठमाडौं र तराईलाई छोटो दूरीमा जोड्ने बीपी राजमार्गमा पर्ने मूलकोट ।
मूलकोटको शान्त र सुन्दर वातावरणमा रमाउन पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । प्राकृतिक रुपले प्रसिद्ध मूलकोटमा रहेको एउटा प्रसिद्ध रिसोर्ट हो ताज रिभरसाइड रिसोर्ट ।प्राकृतिक सौन्दर्यमाझ रहेको यस रिसोर्टले प्रकृतिप्रेमीहरुलाई निकै आकर्षित गर्दै आएको छ ।
सुनकोशी नदीको किनारमा अवस्थित यस रिसोर्टको स्वच्छ र मनोरम वातावरणका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ ।६बर्ष अगाडि स्थापना भएको यस रिसोर्टमा स्वदेशी तथा विदेशी हजारौं पर्यटकहरुले सेवा लिईसकेका छन् । विभिन्न सुविधाहरुका कारण यस रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ ।
काठमाडौं र महोत्तरीको बर्दिवासको मध्य भाग मूलकोटमा यस रिसोर्ट अवस्थित रहेकाले आन्तरिक पर्यटकहरुका लागि समेत आकर्षक गन्तव्य बन्न पुगेको छ । काठमाडौंबाट खोटाङको हलेसी मन्दिर तथा पूर्वतर्फ जाने यात्रुहरुका लागि उपयुक्त विश्रामस्थल बन्न पुगेको छ यस ताज रिभरसाइड रिसोर्ट ।
यस ताज रिसोर्टले सुनकोशी नदीमा जलयात्रा, बीच भलिबल कोर्ट, पिकनिक स्पट, पौडी पोखरी, क्याम्प फायर, डिजे रुम जस्ता सेवा सुविधा समेत प्रदान गर्दै आएको छ । रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी गर्नको लागि सुविधासहित हलहरु, हेलिप्याडको समेत व्यवस्था छ । यस रिसोर्टमा सुविधासम्पन्न कोठाहरु रहेका छन् । सम्पूर्ण कोठाहरुमा टेलिभिजन, तातो चिसो पानी, वाईफाई जस्ता सेवाहरु छन् । यस रिसोर्टमा स्वीट, डिलक्स, स्टयार्डड र कटेज गरि ३० वटा कोठाहरु रहेका छन् । रिसोर्टभित्रै रेष्टुरेन्ट एण्ड बार, भान्साघरको सेवा समेत रहेको छ ।यस रिसोर्टको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यस रिसोर्ट निकै लोकप्रिय बन्न पुगेको छ ।
व्यवस्थित बगैंचाले यस ताज रिभर साइड रिसोर्टको सुन्दरतालाई झनै बढाएको छ । यस रिसोर्टको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यो रिसोर्ट निकै लोकप्रिय बन्न पुगेको छ ।सुनकोशी नदीमा जलयात्रा (र्याफटिङ) गर्न चाहनेहरुको लागि पनि यस रिसोर्टले सेवा प्रदान गर्दै आएको छ ।
आफ्ना पाहुनाहरुलाई विभिन्न सेवा सुविधा उपलब्ध गराएर मूलकोटकै नमूना रिसोर्टका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ यस ताज रिसोर्ट । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अत्याधुनिक सेवा सुविधा दिएर प्रसिद्ध बन्न पुगेको छ यस ताज रिभरसाइड रिसोर्ट । सुन्दर प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउन र बसाई अवधि लम्ब्याउन यस ताज रिसोर्टले योगदान पु¥याउँदै आएको छ ।
वि.सं.२०८१ जेठ ९ बुधवार १७:२३