गार्डियन माइक्रो लाइफको आईपीओ आउँदै
618
sharesकाठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता प्राथमिक साधारण सेयर निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
वि.सं.२०८१ जेठ १४ सोमवार १८:२२