निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य आईपीओ निष्कासन गर्नुपर्ने
978
sharesकाठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य आईपीओ निष्कासनको व्यवस्था ल्याएको छ । आगामी बजेटमा यस्तो व्यवस्था गरिएको जनाइएको छ । “निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिनेछ,” आगामी वर्ष २०८१र०८२ को बजेट वक्तव्यमा प्रस्तुत गरिएको छ ।
पुँजी बजारका लागनीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने पनि उल्लेख छ । वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२