back
himalayan bank

प्रभु बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा छुट सम्झौता

300 

shares
nicasia bank

काठमाडौं । प्रभु बैंक र हेयर एन्ड शान्तिबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्यसम्बन्धी सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स हायर सैलुनमा छुट दिने सम्झौता भएको छ ।

यस सम्झौतासँगै हेयर एन्ड शन्ति युनिसेक्स हायर सैलुनबाट दिइने सेवामा बैंकका कर्मचारी र ग्राहकले छुट पाउने छन् । एक समारोहका बीच हेयर एन्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एन्ड शान्तिमा सौन्दर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङबाहेक ग्राहकलाई १० प्रतिशत र कर्मचारीलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरूले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने छ ।

 


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...