हिमालयन लाइफद्वारा मातातीर्थ वृद्धाश्रमलाई सहयोग
372
shares
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिक उत्सवको उपलक्ष्यमा मातातीर्थ वृद्धाश्रम समितिमा रहेका आमाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा तथा मातातीर्थ वृद्धाश्रम समितिका सचिव राम थापा को सभापतिथ्यमा आयोजित उक्त कार्यक्रममा चामल, दाल, तेल, फलफूल लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:३२