back
himalayan bank

नेपाल लाइफद्वारा साधारण सभा आह्वान

354 

shares
nicasia bank

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको बार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले २३ औं र २४ ओं वार्षिक साधारण सभा असार १८ गते गर्ने निर्णय गरेको हो । उक्त साधारण सभा वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजे आयोजना गर्ने कम्पनीले जनाएको छ ।

सो सभामा आव २०७९÷८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१÷०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

सभामा आव २०७९÷८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप समेत पारित हुनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि आगामी असार ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...