आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी
792
shares
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था गितानगरका शेयर सदस्य स्व.भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । भरतपुर ६ को श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था र यस कम्पनीबिच भएको म्यादि बीमा सम्झौता अन्तर्गत सो रकम कम्पनीले सहकारीलाई र सहकारीले शेयर सदस्यको परिवारलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर पालिका वडा नं ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, कम्पनीका क्षेत्रिय कार्यालय प्रमुख यशोदा ढुङ्गाना तिमिल्सना, वडा सदस्य रुद्र अधिकारी, आइएमई लाइफका हाकिम चोक शाखा प्रमुख सर्मिला राना भाट, एमडिआरटि जानुका अधिकारीको उपस्थिति रहेको थियो । सो रकम शेयर सदस्य भुमिका प्रसाद कोईरालाको परिवारका सदस्य एंव उनकी पत्नी र छोरा प्रभात कोईरालालाई संस्थाका अध्यक्ष, आइएमई लाइफका प्रतिनिधिले संयुक्त रुपमा हस्तान्तरण गरे ।
वि.सं.२०८१ असार १६ आइतवार १२:१२